नेपाल तेक्वान्दो संघद्धारा पारा तेक्वान्दो टिमलाई बिदाई

Wed-2023-01-18

Nepal Taekwondo Association

नेपाल तेक्वान्दो संघद्धारा पारा तेक्वान्दो टिमलाई बिदाई
२०७८ साल भाद्र ०२ गते

नेपाल तेक्वान्दो संघद्धारा टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली पारा तेक्वान्दो टिमलाई आज शुभकामना सहित बिदाई गरिएकोछ । टोकियो २०२० पारा ओलम्पिक अन्तरगत यहि मिति २०७८ साल भाद्र १७ देखि १९ गते सम्म हुने पारा तेक्वान्दो खेलमा खेलाडी पलेशा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामाले सहभागीता जनाउनेछन् । आज संघको सातदोवाटो स्थीत केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा नेपाली टोलीलाई विदाई गरियो । संघका अध्यक्ष प्रकाश शम्शेर राणाको सभापत्विमा आयोजित सो समारोहमा महासचिव दीपराज गुरुङले स्वागत मन्तव्य सहित शुभ–कामना व्यक्त गर्दै पलेशाको सहभागीताका बारेमा प्रकाश पार्नु भएको थियो भने अध्यक्ष प्रकाश शम्शेर राणाले खेलाडी र प्रशिक्षकलाई फुलको गुच्छा र खादाद्धारा बिदाई गर्दै सफलताको लागी शुभ–कामना व्यक्त गर्नुभयो ।
उक्त बिदाईका अवसरमा ललितपुर धापाखेल स्थीत नागदह तेक्वान्दो डोजाङका पदाधीकारी र प्रशिक्षकले पलेशाको सफलताको कामना सहित प्रोत्साहन स्वरुप नगद रु २५ हजार प्रदान गर्नुभएको थियो । पलेशाले वाइल्ड कार्ड मार्फत छनौट हुन सफल भई k-44समूह अन्तरगत ५८ के.जी मुनि वजन समूहमा सहभागीता जनाउने छिन् । यहि भाद्र ०४ गतेका दिन पारा तेक्वान्दो टिम टोकियो प्रस्थान गर्नेछ ।


Videos Gallery

View All

We are affiliated with

Nepal Taekwondo Association

  • Phone:

    +977-015914552, +977-015915613
  • Email:

    nepaltaekwondoassociation@gmail.com