नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार पाँचौ डान ग्रेडिङ्ग परीक्षा सम्पन्न ।

Thu-2023-01-19

Nepal Taekwondo Association

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार १९ औं समुहको कालो पेटी चौथो डानले यहि मिति २०७६ फाल्गुन १४ र १५ गते तालिम र १६ गते ग्रेडिङ्ग परिक्षा सातदोबाटो, ललितपुर स्थित राष्ट्रिय तेक्वान्दो एकेडमीमा सम्पन्न भयो । उक्त परिक्षमा विभिन्न प्रदेशबाट जम्मा १३ जना सहभागी रहेको र उक्त परिक्षा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य श्री हेमन्त डाँगी,श्री नोर्बु लामा र काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव श्री कुमार लामा घिसिङ्गले लिएको र सम्पुर्ण प्रशिक्षार्थीहरु उत्तिर्ण भएको र निजहरुको व्याज १५औं समुह कायम रहेको र निजहरुलाई सहभागी प्रमाणपत्र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा सुमेरु गु्रपका अध्यक्ष श्री भरत महर्जनज्यूको प्रमुख आतिथ्यता लगायत नेपाल तेक्वान्दो संघका महासचिव श्री दीपराज गुरुङ्ग,मुख्य प्रशिक्षक तथा नेपाल तेक्वान्दो संघका सचिव श्री नविन कुमार श्रेष्ठ एवं बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष श्री केशव पुरी तथा सोही प्रदेशका महासचिव श्री राजेश प्रजापतीज्यूको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भयो ।


Videos Gallery

View All

We are affiliated with

Nepal Taekwondo Association

  • Phone:

    +977-015914552, +977-015915613
  • Email:

    nepaltaekwondoassociation@gmail.com