नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार छैटौँ र सातौ डान ग्रेडिङ्ग परीक्षा सम्पन्न ।

Thu-2023-01-19

Nepal Taekwondo Association

तेक्वान्दोको पहिलो व्याजको सातौँ डान तथा छैटौँ ब्याजको छैटौँ डान ग्रेडिङ सम्पन्न भएको छ । शुक्रवार तेक्वान्दो एकेडेमीको सातदोबाटोमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भानु चन्द र नेपाल तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङले प्रमाण पत्र वितरण गरे । समापन समारोहमा मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठ, ग्रेडिङ कमिटीका प्रमुख नोर्बु लामा,तेक्वान्दो सङ्घका सदस्य हेमन्त डाँगी र प्रचार विभाग प्रमुख हिरा बहादुर थापाको उपस्थिति थियो । ग्रेडिङमा सफलता पाउने खेलाडीलाई सफलताको शुभकामना दिँदै महासचिव गुरुङले सबैले नेपाली तेक्वान्दोको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
यसै गरी, मुख्य प्रशिक्षक श्रेष्ठले सबैले आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्ने विश्वास रहेको बताए । ग्रेडिङको नन्दु राई, टिका लिम्बु र ईश्वरमान बज्राचार्य सातौँ डानमा बढुवा भएका छन् । यसै गरी, मनोज खड्गी, प्रकाशमान राजभण्डारी, देवराज चौधरी, विजय राज ठकुरी,जीवन राज भण्डारी,कविराज खड्गी,प्रकाश खड्गी, प्रमेन्द्र कुमार बछार,रमेश कुमार श्रेष्ठ,शैलेन्द्र सुल्प्या जोशी, शिवराज भट्टराई, राजकुमार बछार,कृष्ण कुमार घले र तेज बहादुर विक छैटौँ ठानमा बढुवा भएका छन् ।
दीपराज गुरुङ, टिका लिम्बु र नोर्बु लामाले छैटौँ डानको प्रशिक्षण गरेका थिए । यसै गरी, सातौँ डानको प्रशिक्षण दीपराजले गरेका थिए । नेपालमा पहिलो पटक सातौँ डानको ग्रेडिङ भएको र यो एउटा महत्त्वपूर्ण कोशेढुंगा भएको ग्रेडिङ कमिटीका संयोजक नोर्बले बताए ।


Videos Gallery

View All

We are affiliated with

Nepal Taekwondo Association

  • Phone:

    +977-015914552, +977-015915613
  • Email:

    nepaltaekwondoassociation@gmail.com